नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दियो

<span class='c1'>नेपालले माल्दिभ्सलाई २१३</span> <span class='c2'>रनको लक्ष्य दियो</span>

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे।

माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्