काठमाडौँ विश्वविद्यालय ‘डीएफ एमबीइ’ कार्यक्रम संचालन

<span class='c1'>काठमाडौँ विश्वविद्यालय ‘डीएफ</span> <span class='c2'>एमबीइ’ कार्यक्रम संचालन</span>

विराटनगर । काठमाडौँ विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रुपमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै विश्वविद्यालय अन्तर्गत कुसोमले आयोजना गर्ने ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४ का बारेमा विराटनगरको एस्पायर कलेजमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

व्यापार , अर्थशास्त्र , प्रविधी , तथ्य विश्लेषण लगायतका अहिलेको विश्वलाई आवश्यक पर्ने विषय वस्तुलाई समेटेर कार्यक्रम तयार गरिएकाले हाल विभिन्न क्षेत्रमा कार्य गरिरहेका व्यवसायिक व्यक्तिहरुका लागि यो कार्यक्रम लाभदायक हुने विश्वविद्यालयका एसिस्टेन्ट प्रोफेसर डाक्टर राजेश शर्माले जानकारी दिनुभयो । नेपालको अग्रणी विश्व विद्यालयका रुपमा रहेको उक्त विश्वविद्यालयको काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम ) विश्वभरका १७ अन्य विश्वविद्यालयहरूसँगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको ड्ब्लुटीओ चेयर प्रोग्रामका सद्स्य तथा काठमाडौँ विश्वविद्यायका एसिस्टेन्ट प्रोफेसर विनायक मल्लले जानकारी दिनुभयो ।

यो अन्वेषकहरू र विद्यार्थीलाई र ड्ब्लुटीओ बहुपक्षीय व्यापार मामिलामा रुचि लिनको लागि प्रोत्साहन रहेको कुसोमले जनाएको छ ।

यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरु ( बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंका) को सहभागीता रहने यस कार्यक्रम आगामी वर्ष हुनेछ ।

कुसोमले यस कार्यक्रमको लागि सहभागीताको लागि एआईबीको साउथ एशियाको वेबसाइटमा रजिष्टर गर्नुपर्ने जनाएको छ । कार्यक्रममा एआईबीका सदस्यले मात्रै भाग लिन पाउनेछन् ।

अगस्ट १९९३ मा स्थापित कुसोम स्नातक कार्यक्रम सुरु गर्ने पहिलो विद्यालय समेत हो । कुसोमले सर्वप्रथम अन्तर्राष्ट्रिय स्तरमा डिजाइन सिद्धान्तमा आधारित मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कार्यक्रम प्रारम्भ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्