दक्षिणपूर्वी स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

<span class='c1'>दक्षिणपूर्वी स्पेनको नाइटक्लबमा आगलागी</span> <span class='c2'>हुँदा १३ को मृत्यु</span>

दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन ।

मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ ।

प्रहरी र आपत्कालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको भित्री भाग सुरक्षित गर्ने प्रयास गरिरहेका थिए । साथै उनीहरूले आगलागीमा परी निधन भएका शवहरू पत्ता लगाउन र पहिचान गर्ने प्रयास गरिरहेका थिए ।

अधिकारीहरूले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

नाइटक्लबमा भएको उक्त दुर्घटनापछि सिटी काउन्सिलले तीन दिनको शोकको घोषणा गर्दै मर्सिया क्षेत्रका सरकारी भवनहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने घोषणा गरेको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्