एमाले मध्यावधि निर्वाचनमा जान डराउदैन : अध्यक्ष ओली

एमाले मध्यावधि निर्वाचनमा जान डराउदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मध्यावधि निर्वाचनमा जान नडराउने बताएका छन् ।

मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
कोशी प्रदेश सरकारलाई मिलेर अगाडी बढ्न दललाई उनले आग्रह समेत गरे ।

अहिले मध्यावधि तर्फ जानु उचित नभएको समेत उनको भनाई थियो । मध्यावधि गए अरू दलको सिट घट्ने बताउदै उनले आफूहरुले ४० सिट जितेकोमा मध्यावधिमा गए १५ सिट बढाउने दाबी गरे । ‘एमाले मध्यावधिमा जान डराउदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’ उनले भने ।
काँग्रेसको बोल्ने अविगत नभएको समेत उनले बताए । ‘देशमा काँग्रेस कहाँ छ ? घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बिचरा काँग्रेसका नेताहरू । राजनीतिक गर्ने पाटीले बोल्नु पथ्र्यो । तर उ बोल्दैन, बोल्ने हविगत पनि छैन ।’ उनले भने,‘अब काँग्रेस बोल्न सक्दैन’ देशमा भ्रष्टचार बढ्दा समेत काग्रेस नबोलेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चिन भ्रमण उपलब्धि मूलक नभएको समेत दाबी गरे । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन’ ओलीले भने । महाकालेश्वरदेखि मानसरोवरसम्मको धार्मिक यात्रालाई उनले पाप पखाल्न गएको आरोप लगाएका छन् । ‘तपाईहरु घरमा पूजा लगाउनु हुन्छ नि,’ ओलीले भने ‘कसले कत्रो पाप गरेको छ उसले उत्रै पूजा लगाउँछ । उहाँको यात्रा पनि त्यस्तै हो । ’

जेठ १७ गतेदेखि भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशस्थित उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए । चिन भ्रमणमा गएका प्रचण्डले कैलाश मानसरोवर गएका थिए।

फरक प्रसङ्गमा ओलीले साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताए । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम हुँदैन,’ उनले भने ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन । आना अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्