विराटनगर । सुनसरीको कोशीव्यारेज स्थित सप्तकोशी नदीमा विपद उद्धारका लागि गोताखोर तालिम संचालन भएको छ ।
बुधबारबाट संचालन भएको ३५ कार्य दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । उक्त गोताखोर तालिम कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा संचालन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले कोशी नदीको २५ फिट गहिराई सम्म गएर अभ्यास गरेका थिए ।
सप्तकोशी नदीमा संचालन भएको उक्त तालिममा मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखहरु समेतको टोलीले तालिमको स्थलगत अवलोकन गर्नु भएको थियो ।