विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।
उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो। तर, विश्वासको मत प्राप्त हुने अवस्था नदेखिएपछि उनले मार्गप्रशस्त गर्न राजीनामा दिएका हुन्।
मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए। उनी नेपालको संविधानको १६८ को ३ अनुसार नियुक्त भएका थिए। अब संविधानको १६८ को धारा ५ अनुसार नयाँ सरकार गठन हुने कानुनी व्यवस्था छ।
कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा एमालेका उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र का १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक र राप्रपाका ६ जना प्रदेशसभा सदस्य छन्।