कोशी प्रदेश सरकार कसरी अघि बढ्ला ?

<span class='c1'>कोशी प्रदेश सरकार कसरी</span> <span class='c2'>अघि बढ्ला ?</span>

सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आज पदबाट राजीनमा दिएका हुन् ।

सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै विकल्प भएको बताए । कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै यतिबेला संविधानको धारा १५८ को उपधारा(५) अनुसार कसको नेतृत्वमा सरकार बन्छ भन्ने बहस सुरु भएको छ । त्यसो त दलहरुले आपसमा भेटघाट र छलफललाई तिव्रता दिइनै रहेको छ । तर, निष्कर्षमा भने पुग्न सकेको छैन ।
कोशी प्रदेशको राजनीतिक समिकरण र सरकारलाई स्थातित्व दिन दुईवटा ठूलो दल अर्थात एमाले र काँग्रेस मिलेर सरकार गठन गर्नुपर्नेमा काँग्रेसकै शिर्ष नेताहरुले बताउदै आइरहेका छन् । तर, यसमा पार्टी अध्यक्ष नै सकारात्मक नरहेको चर्चा समेत चुलिएको छ।

दललाई मध्यावधिको त्रास
दलहरुबीचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने मुख्यमन्त्री कार्की बताउछन् । उनले आफ्नो कुरालाई मात्रै जोड दिने हो भने मध्यावधि कसैले टार्न नसक्ने बताउदै प्रदेश संरचना खारेजको माग भइरहेको विषयलाई मध्यनजर गर्दै आगामी कदम चाल्नुपर्ने उनले जोड दिए । मध्यावधि निर्वाचनको पक्षमा कुनै पनि माहोल नभएको भन्दै उनले मध्यावधि रोक्न आफूहरु सहयोग गर्न तयार भएको बताए । एमाले काँगेस, माओवादीसँग पूर्वाग्रह नराखी सहमतिका साथ अगाडि बढ्न तयार रहेको बताउँदै कार्कीले आफू चार वर्ष प्रतिपक्षीमा बसेर काम गर्न तयार रहेको पनि बताए ।
यता, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले दलहरुबीच छलफल भइरहेको बताउदै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए । आफूहरुको दलले नै सम्पूर्ण दलहरुलाई जोड्ने मुख्य भूमिका खेल्नुपर्ने बताए ।

‘हामीले नै प्रमुख रोल गर्नुपर्छ सहमित गराउनलाई काँग्रेस र एमालेलाई जोडने माओवादीलाई जोड्ने यसमा छलफल भइरहेको छ,’ उनले भने,‘कहिलेकाँही परिस्थिति नै तँ बसिदे न भन्ने आँउछ, त्यस्तो आयो भने जिम्मेवारी पुरा गर्छ तर ६ जना सदस्य बाकेर मलाई मुख्यमन्त्री बनाइदे भन्नुपनि भएन तर आएर बसिदिनु पर्यो भन्दा भन्नु भयो ? ’ उनले प्रदेश प्रमुखले तोकेको समयसिमा भित्र प्रदेश सरकार गठन हुने दाबी गर्दै प्रदेश मध्यावधि निर्वाचनमा नजाने जिकिर गरे ।
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेशको विकल्प सहमित र सहकार्य रहेको बताए । पूर्व मुख्यमन्त्री समेत रहेको थापाले कुनैपनि दलहरुसँग स्पष्ट बहुमत नभएको बताउदै सहमति सहमति र सहकार्यले अगाडी बढ्नुपर्ने बताए ।

‘हामी कसैसँग बहुमत छैन, प्रदेशको विकल्प नै सहमति र सहकार्य हो गठबन्धन भएर पनि हामीसँग बहुमत छैन।’ उनले भने,‘त्यसले गर्दा अब हामीले धारा ३ मा गर्नु सकेनौ, अब ५ मा प्रयास गर्छौ ।’ उनले सरकार बनाउन गठबन्धन तोडेर एमालेसँग सहकार्य नगर्ने बताउदै गठबन्धनले जसको नेतृत्वमा निर्णय त्यसलाई कार्यन्वयन गरेर सफल बनाउने दाबी गरे ।

मुख्यमन्त्रीको दाबी कुन–कुन दलको ?
मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिए लगत्तै नयाँ सरकार गठनका लागि दाबी सुरु भएको छ । जसका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । काँग्रेस संसदीय दलका नेता थापाले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी रहेन बताएका छन् । यसअघि दुईपटक मुख्यमन्त्री बन्ने मौका पाए पनि काम गर्ने अवसर नपाएको बताउदै उनले आफ्नो दाबी रहने बताए ।

यता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको दाबी रहेको बताउछन् । काँग्रेसले दुई पटकसम्म सरकार बनाएर विश्वसको मत प्राप्त गर्न नसकेको बताउदै उनले आबको सरकार माओवादीको नेतृत्वमा हुनेपर्ने उनले जोड दिए । उनले काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताउदै उनले भने,‘अब फेरि विश्वसको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’यता, नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताए । उनले यदि दलबीचको छलफल हुँदा नेतृत्वको विषयमा कुरा नमिले आफ्नो दाबी रहन सक्ने समेत संकेत गरेका छन् । धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लािग बाटो खुलेको छ ।

सरकार गठनका लागि बाटो खुलेपनि अहिलेसम्म कोशी प्रदेशको सरकारको नेतृत्व कसले गर्ने भन्ने केन्द्रका शिर्ष नेताको भरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्