इजरायलले गाजासँगको सिमानामा एक लाख सेना तैनाथ गर्यो

<span class='c1'>इजरायलले गाजासँगको सिमानामा एक</span> <span class='c2'>लाख सेना तैनाथ गर्यो</span>

प्यालेस्टिनी इस्लामिक समूह हमासविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेपछि इजरायलले घेराबन्दी गरिएको गाजा पट्टीमा लगातार दोस्रो दिन गोली हानाहान गरिरहेको छ । इजरायलले गाजासँगको सिमानामा करिब एक लाख सेना तैनाथ गरेको अलजजिराले जनाएको छ ।

हमासका बन्दुकधारी र इजरायली सेनाबीच दक्षिणी इजरायलका तीन क्षेत्रमा युद्ध जारी छ । यसमा कर्मिया र एश्केलोन र सेडरोट सहरहरूमा किबुट्ज समावेश छ। स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो मृत्यु हुनेको संख्या ४१३ प्यालेस्टाइनी रहेको छ भने ७०० भन्दा बढी इजरायली रहेको मिडिया रिपोर्टहरुले जनाएका छन्। भने हमास र प्यालेस्टिनी इस्लामिक जिहादले गाजाभित्र १३० भन्दा बढी व्यक्तिलाई बन्दी बनाएको बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले न्यूयोर्कमा बन्द ढोका पछाडि आपतकालीन सत्रको लागि बैठक गरे तापनि बढ्दो हिंसामा संयुक्त वक्तव्यमा सहमत हुन सकेनन्। संयुक्त राज्य अमेरिकाले इजरायललाई गरेको समर्थनको प्रदर्शनको रूपमा इजरायलको नजिक धेरै सैन्य जहाज र एक विमान पठाउने बताएको छ। जबकि इरानले हमासको भूमि, समुद्री र हवाई आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको छ।

हालैका दिनहरूमा इजरायली बसोबास गर्नेहरूले अल-अक्सा मस्जिदमा आक्रमण गरेपछि र हालैका महिनाहरूमा इजरायलद्वारा रेकर्ड संख्यामा प्यालेस्टाइनीहरू मारिएपछि हमासको आकस्मिक आक्रमण भएको हो। शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार वटा रकेट प्रहार गर्दै स्थल आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण सुरु गरेको हो । आइतबार इजरायलले प्यालेस्टिनी क्षेत्रमा हवाई आक्रमण गर्दा ३७० जना प्यालेस्टिनी मारिनुका साथै दुई हजारभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । इजरायल सरकारले प्यालेस्टाइनविरुद्ध औपचारिक रूपमा युद्ध सुरु भएको घोषणा गर्दै हमासले अकल्पनीय मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्