मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन्।

काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईमाथि एक समूहले कालोमोसो दलेका हुन्।

उक्त होटलमा प्रसाईले पत्रकार सम्मेलन पनि राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईमाथि कालोमोसो दलिएको हो।

प्रसाईलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताए।

‘उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ।’

कसले कालोमोसो दलेको हो भन्ने नखुलेको एसएसपी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्