कोशी प्रदेश : कसको पोल्टोमा पर्ला मुख्यमन्त्रीको कुर्सी ?

<span class='c1'>कोशी प्रदेश : कसको पोल्टोमा</span> <span class='c2'>पर्ला मुख्यमन्त्रीको कुर्सी ?</span>

सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिए।

कार्कीले राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशको नेतृत्वको बाघडोर कसको हातमा पर्ने हो भन्ने छलफल र बहसको विषय बनेको छ भने नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय अनुसार अब ४ दिन बाँकी छ । प्रदेश प्रमुख पर्शुराम खापुङले असोज २६ गते बेलुका ५ गतेसम्मका लागि नयाँ सरकार गठनको समय दिएका छन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न आव्हान भएसँगै यतिबेला कोशी प्रदेशमा मुख्यमन्त्री बन्नका लागि गठबन्धन दलभित्र नै लर्को लागेको छ । दलहरुबीच छलफल र भेटघाटको क्रम बाक्लो भएपनि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने अझै सहमतिको अन्तिम बिन्दुमा पुग्न सकेको छैन ।

यता, गठबन्धन दल एमाले बाहेक, राप्रपालाई समहाति गरेर सरकार बनाउने तयारीमा रहेका छन् । तर, एमालेले भने गठबन्धन दलकै केही सांसदलाई मुख्यमन्त्री दिएर सरकार बनाउने खेल खेलिरहेका छन् । एमालेले गठबन्धन दलभित्रका थुप्रै सांसदहरुलाई मुख्यमन्त्री दिएर सरकार बनाउने खेल खेलिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार गठबन्धन दलका थुप्रै सांसदहरुलाई एमालेले अगाडि बढने भए आफुहरु रहेको भन्दै प्रस्ताव अघि गरेका रहेछन् । ती स्रोतले भने,‘एमालेले अगाडि बढ्नुहुन्छ भने हामी छौँ भनेर प्रस्ताव गरेका रहेछन् ।’

एमालेको नजरमा परेका सांसदहरु

सत्ता ढाल्ने र जोगाउने खेलको चेपुवामा परेको कोशी प्रदेशमा नेताहरुले केही संवेदनशिलता अपनाउन नसके मध्यावधि निर्वाचनमा जाने सम्भावना छ । संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न अन्तिम विकल्प रहेको छ । यो विकल्पमा सरकार नबने वा बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके स्वतः प्रदेशसभा मध्यावधि निर्वाचनमा जानेछ । यस्तो अवस्थामा एमालेले गठबन्धन दललाई बिथोल्नैका लागि झण्डै आधा दर्जन गठबन्धनका सांसदहरुलाई मुख्यमन्त्रीको आश्वासन दिएर फकाईरहेको समेत स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसका केदार कार्की, माओवादी केन्द्रका सांसद दुर्गाप्रसाद चापागाई, माओवादीका सांसद तथा पूर्वसभामुख बाबुराम गौतम, काँग्रेसका नेता भीम पराजुली र अमृत अर्यालसम्मलाई मुख्यमन्त्री दिने प्रस्ताव गरेको स्रोतको दाबी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेको डा शेखर कोईरालाले एमाले अध्यक्ष केपी ओलीसँग प्रदेशमो मुख्यमन्त्रीका लागि भेटवार्ता गरिहेको बताइन्छ ।

यता, माओवादी केन्द्रमा कुनैपनि सांसदको मुख्यमन्त्रीमा दाबी नरहेको दलका नेता इन्द्रआङ्बो बताउछन् । यद्यपि उनले काँग्रेसका लागि सभामुखको पद समेत त्याग्नु परेकाले अब माओवादीको नेतृत्वमा सरकार बन्नु पर्नेमा उनको जोड छ । माओवादी केन्द्र संसदीय दलको बैठकमा सहमतिको सरकारको प्रस्तावमा माओवादीकै सांसद गणेश उप्रेतीले असहमति समेत जनाएका थिए । दल र पार्टी नेताहरुको संयुक्त बैठकमा दलको नेताको विकल्प अरु केहि नसोच्ने आधिकारिक निणर्य भएको समेत दलका नेता आङ्बोले जानकारी दिए । एमालेले बनाउन चाहेको मुख्यमन्त्रीमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला समेत परेको स्रोतको दाबी छ । तर, सिटौलाले भने ६ वटा सदस्यलाई बोकेर मुख्यमन्त्री देऊ भन्न नमिल्ने बताउछन् । तर, कहिलेकाँही परिस्थितिले बन भन्ने अवस्था आँउदा त्यस्तो अवस्थामा पछि हट्ने कुरा पनि नहुने बताउछन् ।

त्यसो त काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धब थापाले पनि गठबन्धन बाहिरबाट सरकार बन्ने परिस्थिति नभएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्