बर्जु गाउँपालिकाका कार्यरत कर्मचारी आन्दोलित

<span class='c1'>बर्जु गाउँपालिकाका कार्यरत</span> <span class='c2'>कर्मचारी आन्दोलित</span>

विराटनगर । बर्जु गाउँपालिकाका कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।

सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारीले पेनडाउन गरेका हुन् ।

सबै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेको बर्जुगाँउपालिकाका अधिकृत सातौँ तह बाबुराम कार्कीले बताए । सेवा ठप्प पारेर आन्दोनमा उत्रिएको उनको भनाई थियो ।

संघीय निजामति ऐनमा स्थानीय तहका कर्मचारीको कुनै पनि माग सम्बोधन नभएपछि १८ बुँदे माग राखेर केन्द्रमा आन्दोलन भइरहेकाले सोही आन्दोलनलाई एकवद्धता जनाएको कार्कीले बताए।

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको समेत कर्मचारीहरुको भनाई छ । स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्