कोशी प्रदेश : एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दै

<span class='c1'>कोशी प्रदेश : एमालेको समर्थनमा नेपाली कांग्रेसका</span> <span class='c2'>सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दै</span>

विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीको समूहले नेकपा एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको टोली प्रदेश सभा सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको हस्ताक्षर लिएर कार्की समूहले आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदमा दाबी पेश गर्ने जनाएको छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद मानबहादुर लिम्बूले भने शीर्ष नेताहरुबीच भएको सहमति भन्दा बाहिरा जान नसकिने बताएका छन् ।

यद्यपि लिम्बूले केही दिन अगाडि नै कार्कीलाई समर्थन गर्दै आफ्नो हस्ताक्षर बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्