विराटनगर । कोशी कांग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।
आज बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।
कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।