कोशी प्रदेश : केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

<span class='c1'>कोशी प्रदेश : केदार</span> <span class='c2'>कार्की मुख्यमन्त्रीमा नियुक्त</span>

विराटनगर । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका सांसदहरूको आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने पकका भएको हो।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीकाे पक्षामा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय ताेकेका थिए ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टी भएसँगै अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

सनाखतपछि प्रदेश प्रमुखले भने, 'माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्