-शिखा खतिवडा
ए दैव !
दैव तैँले किन चुँडाल्दैछस् मेराे मुटुकाे टुक्रालाई
सक्छस् भने पछार या लछार यहाँ म झुत्रालाई
ओठ निचारिस् पेट चिरा पारिस् मरेन रिस अझै
कलेजै खाएर रगतले चुठिस् तँ भित्र दया जागेन कतै ?
सृष्टिको उपहारमाथि बारम्बार प्रहार गर्छस् किन
उसकाे साटाे हे दैव अब मलाई नै याे धराबाट छिन ।
मेराे जीवनकाे हरेक समर्पण त्याे अवाेधलाई छँदैछ
मेराे जीवनकाे हरेक पलहरुमा त्यही अवाेध रहँदैछ ।