कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथ लिएपछि मुख्यमन्त्री कार्कीले आजै एमालेका रामबहादुर राना र आफूलाई मुख्यमन्त्री बन्न सहयोग गरेकामध्ये काँग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गरेका छन् । नेपाली काँग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीको सपथ लिएसँगै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्