नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

काठमाडौं । आज बडादशैं अर्थात नवरात्रकाे दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ।

यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रकाे दाेस्राे दिन आज बिहानैदेखि देशभरका दुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भीड लागेको छ।

नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दुर्गाका ९ रुपलाई नवदुर्गा भन्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी र अन्य देवी स्तोत्र एवं पाठ गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्