कोशी प्रदेश प्रहरीले मनायो “६८ औँ प्रहरी दिवस ”(फोटो फिचर)

कोशी प्रदेश प्रहरीले मनायो “६८ औँ प्रहरी दिवस ”(फोटो फिचर)

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले “६८ औँ प्रहरी दिवस २०८०” भव्यताका साथ मनाएको छ ।

प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रम गरी “६८ औं प्रहरी दिवस ” मनाएको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायतका प्रहरी अधिकृत , प्रहरी कर्मचारी तथा अमर सहिद प्रहरीका परीवारले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तर्गतमा बीरगति प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्थालाई कदर–पत्रले सम्मान गर्नु भएको थियो ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उत्कृष्ट कार्यालय व्यवस्थापन बिद्यामा पुरस्कृत हुनु हुने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई प्रशंसा पत्रद्धारा सम्मानित गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले देश र जनताको सेवामा सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरी हरेक नागरीकहरुको मन मस्तिस्कमा रहन सफल भई सकेको हुँदा अझ थप संवेदनशिल भई नागरिकको सेवामा तत्पर रहन आवश्यक रहेको बताउनु भयो ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला तथा पदाधिकारीहरुले अमर प्रहरी परिवारका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । यसैविच कार्यक्रममा अमर प्रहरी परिवारका जेष्ठ सदस्यले अमर प्रहरी स्मारक पार्कमा बृक्षारोपन समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, स्थानीय निकायका प्रतिनिधी, अमर प्रहरी परिवारजन, पूर्व प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी , मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रहरी दिवसको अवसरमा यस अघि विभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरि मनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्