टी-२० आई शृंखलाको पहिलो खेलमा आज नेपाल र युएई भिड्दै

<span class='c1'>टी-२० आई शृंखलाको पहिलो खेलमा</span> <span class='c2'>आज नेपाल र युएई भिड्दै</span>

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्