विराटनगर । राप्रपाले काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ ।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे ।
प्रदेशमा विपक्षी चाहिने र राप्रपाले विपक्षीमा बस्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिएका हुन् ।