गठबन्धनलाई धोका दिएर सरकार बन्यो, विश्वासको मत भने दिन्छौँ : राजेन्द्र राई

<span class='c1'>गठबन्धनलाई धोका दिएर सरकार बन्यो, विश्वासको</span> <span class='c2'>मत भने दिन्छौँ : राजेन्द्र राई</span>

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनादेशको विपरित विद्रोह गरेर गठबन्धनलाई धोका दिएर सरकार बनेको बताएका छन् ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन गरेर केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताउदै उनले मुख्यमन्त्री कार्कीले दलिय सहमति तोडेको समेत आरोप लगाए।

कांग्रेसका ८ सांसदलाई बिद्रोह गर्न लगाएर एमालेसँग मिलेको भन्दै राईले आलोचना गरेका हुन् । दलिय व्यवस्था विरुद्ध र गठबन्धनलाई धोका दिएर बनाएको सरकार भएका कारण सिद्धान्ततः केदार कार्कीलाई विश्वासको मत दिन नमिल्ने राईले बताए ।

सरकार गठनमा आधारभुत विमति भएपनि प्रदेशसभालाई विघटन रोकेर मध्यवधी निर्वाचन लाई रोक्ने जनताको चाहाना र केन्द्रीय गठबन्धनको निर्णय अनुसार शंकाको सुविधासहित कार्कीलाई विश्वासको मत भने दिने राईले बताए ।

उनले प्रदेशको नामाकरणलाई सामान्य नलिन बताउदै यसलाई सकारत्मक भूमिका खेल्न यो सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्