परम्परा जोगाउन ढोल बजाउँदै विराटनगरका दिपेश

परम्परा जोगाउन ढोल बजाउँदै विराटनगरका दिपेश

सुजता लिम्बू
विराटनगर । जब आँगनमा ढोल बज्न सुरु हुन्छ दशैँको रौनकता बढेको संकेत हुन्छ । तराईका घरदैलोमा परापूर्वकालदेखि नै ढोल पिटेर दशैँ आएको सूचना दिने चलन छ ।

‘दशैं आयो’ भन्दै घरदैलोमा ढोल बजाउने संस्कृति राम (चमार) समुदायको पुरानो संस्कृति हो ।

यस्तै विराटनगर ११ मा बिहान ढोल बजाउदै गर्दा भेटिएका दिपेश राम बाउबाजेले गरिल्याएको सांस्कृतिक कामलाई निरन्तरता दिएको सुनाउछन् । दशैंको नवरात्रीको पहिलो दिन देखि नै ढोल बजाउने चलन रहेको बताउने उनी दशमी अर्थात टिकाको दिनसम्म बजाउने चलन रहेको सुनाउछन् ।

ढोल बजाएर नै अन्न, दाल, तेल, पैसालगायत सामग्री आर्जन गर्ने गर्दछन् । कला, संस्कृति र जातीय परम्परागत पेशासँग जोडिएको ढोल बजाउने कार्य अन्य शुभकार्य, उत्सवमा बजाएको पाइन्छ । विवाह, ब्रतबन्ध, लोकनाँच, छठ, तिहार, न्वारन, छठिहारलगायत राम समुदाय (चमार जाति) ले ढोल बजाउने गरेको देखिन्छ । बुवाको मृत्युपछि आफूले पनि ढोल बजाउने संस्कृतिलाई प्रथमिकता दिएको उनले बताए।

बाउबाजेदेखि नै गरिल्याएको पराम्परागत बाजा बजाउने संस्कृति पुस्ताहस्तान्तरण नभए केही समयपछि यो परम्परा पनि हट्न सक्ने चुनौती उनी सुनाउछन् ।

‘बुबाको मृत्यु भएपछी मैले ढोल बजाउन सुरु गरे, उनी सुनाउछन्, अब त आउने पुस्ताले यस्तो काम गर्दैनन होला।’ अबको नयाँ पुस्ताका युवाले यो परम्परालाई अगाँल्न नचाहे दशेैँमा ढोल कमै बज्ने उनी सुनाउछन् । केही पढेका र जानेका युवा पुस्ता अन्य व्यवसायमा आवद्ध हुने वा देश छोड्नाले पनि ढोल बजाउने परम्परा विस्तारै लोप हुनसक्न उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्