-निशु कार्की
दशैँ आउँछ,तिहार आउँछ
परदेशीलाई घाउ दिएर जान्छ
चाडवाड आउँछ,बाहर ल्याउँछ
यसै याद आउने घर,अझ रुने ठाउँ दिएर जान्छ
समहालिनु पर्छ,चित बुझाउनै पर्छ,तर मन बुझाउन गाह्रो छ,याद नै न आएसर बिर्सन अझ अफ्ठयारो छ
आखिर घरको खम्बा परदेश गएको पिल्लर हुँ म
तिम्रा लागि खुसी पैसा हुनसक्छ मित्र
मेरा बा आमाको खुसी भण्डार भएको डिलर हुँ म
विर्सिएछु मैले मेरो दशैँ तिहार बाको आँगनमा छुटेको
बिर्सिएको छोइन रिक्तो खल्ती हुँदा आफन्तले अपमान ले चुटेको
मरूभूमिमा फूल उमार्न आए पत्तै भएन आँगनमा सयपत्री ओइलाएको
निकै वर्ष भएछ टीका जमरा बाको पाउ छोइलाएको
सम्झनाले सताउँछ भनूँ कम हुन्छ
पीरले पोल्छ छाती छिनमै आँखा नम हुन्छ
चित बुझाउनु कसरी हाम्रो घर आध्यारो ,पल्लो घर रमझम हुन्छ
चिन्ता नमान बा
हाम्रो घरमा पनि दशैँ आउँछ,खुसियाली छाउछ
जुनदिन तिम्रो प्वाल परेको गोजी टालिन्छ, धमिरोले खाएको भित्ता टाल्न सिमेन्ट बालुवा चलिन्छ
पिर नमान आमा
हाम्रो घर मा पनि दशैँ आउँछ,बाहर ल्याउँछ
जुनदिन तिम्रो मैलो पछ्यौरी फेरिन्छ ,अनि तिम्रो परदेशी छोरो तिम्रो आँगालोमा बेरिन्छ