झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

<span class='c1'>झापामा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

झापा । उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

प्रहरीले मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्