इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको छ। जसमध्ये तीन वटा शवलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएको छ भने एउटा शव दिउँसो एक बजे ल्याइदै छ।
उनीहरु बिद्रोही समूह हमासको आक्रमणमा मारिएका हुन्। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नेपाल ल्याइएको हो।
इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव ल्याइएको हो।
गत अक्टोबर ७ तारिक गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ । शव लिनको परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल पुगेका छन्।