इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो

<span class='c1'>इजरायलले लेबनानी सीमा नजिकै थप</span> <span class='c2'>१४ समुदायको बस्ती खाली गर्यो</span>

इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ ।

इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू)लगायतका छन् ।

शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२,००० जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्