इजराइलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण

<span class='c1'>इजराइलको ‘स्थल सेना’ ले</span> <span class='c2'>गर्यो गाजामा रात्रिकालीन आक्रमण</span>

स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ ।

“पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ, “आईडीएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थलहरू, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमासका आतङ्कवादीलगायत कयौँ आतङ्कवादी लक्ष्यहरू पहिचान गरी प्रहार गरेको छ, कारवाहीको अन्त्यमा सेना उक्त क्षेत्रबाट बाहिर निस्केको छ ।”

सेनाले जारी गरेको श्यामश्वेत फुटेजमा बख्तरबन्द सवारीको एउटा समूह देखिन्छ जसमा आक्रमणपछि आकाशमा धुलोको बाक्लो बादल उडेको थियो । सेनाले अघिल्लो रात पनि प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा ट्याङ्क र स्थल सेनामार्फत यस्तै प्रकारको स्थल अभियान सञ्चालन गरेको थियो ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसै साताको सुरुमा इजराइलले ‘स्थल आक्रमणको तयारी गरिरहेको’ दोहोर्याएपछि पछिल्लो आक्रमण भएको हो ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमास बन्दुकधारीहरूको भीडले इजराइलमा घुसपैठ गरी एकहजार चार सय मानिसलाई मारेको थियो । मारिनेहरूमा अधिकांश सर्वसाधारण थिए । त्यस्तै हमासले दुई सय २४ भन्दा बढीलाई बन्धक बनाएको छ ।

इजराइलको जवाफी हवाई तथा तोप आक्रमणमा गाजापट्टीमा दुई हजार नौ सय १३ बालबालिकासहित कम्तीमा सात हजार २८ मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २००५ मा प्यालेस्टिनी क्षेत्रबाट एकतर्फीरूपमा इजराइल फिर्ता भएपछि गाजामा मारिनेको सङ्ख्या यो सबैभन्दा बढी हो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्