सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी चेकिङ

<span class='c1'>सिमा नाकामा तालिम प्राप्त</span> <span class='c2'>कुकुरसहितको प्रहरी चेकिङ</span>

विराटनगर । झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित कडाइका साथ चेकजाँच गरिदै आएको छ ।


शनिबार बिहानबाट भद्रपुर नगरपालिका-५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुरसहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाकासहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि कुकुरसहितको प्रहरी चेकिङ टोलीले निरन्तरुपमा कडाईका साथ चेकजाँच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्