विराटनगरमा दशैंं बजार : कारोबारमा छैन निराशा, तिहारको प्रतिक्षा

विराटनगरमा दशैंं बजार : कारोबारमा छैन निराशा, तिहारको प्रतिक्षा

विराटनगर । दशैं अगाडी निराशाजनक व्यापार देखिएको विराटनगरका व्यापारीमा केहि खुशी भने चाडपर्वले जगाएको छ । दशैंको समयमा भएको व्यापारले केहि उर्जा थपेको विराटनगरका व्यापारीको भनाई छ । छ महिनादेखि विराटनगरमा व्यापार सुस्त देखिएको भएपनि दशैंसँगै केहि आसा जगाएको हो ।

विगतका वर्षहरुमा जस्तो मनखुशी हुनेगरी व्यापार नभएपनि यो आर्थिक मन्दीमा सन्तोषजनक व्यापार भएको बताउँछन् । विराटनगरका कपडा व्यापारी सुरेशकुमार अग्रवाल देशको आर्थिक धरातल हेरेर व्यापारिक कारोबारमा चित्त बुझाउनु पर्ने स्थिति रहेको बताउँछन् । उनले दशैंमा सन्तोषजनक व्यापार भएको बताउँदै स्थानीय बजार छोडेर सीमापार बजारमा जाने बेला नभएको सुझाव दिन्छन् । उनले भने–देश पहिलो कुरा हुन्छ, आर्थिक मन्दीको डरमर्दो अवस्थामा भारतीय बजारमा पुगेर सामान खरिद गर्नुको सट्टा नेपालमै सामान किन्दा त्यसले राज्यलाई प्रत्यक्ष फाइदा पुगिरहेको हुन्छ ।

कस्मेटिक आइटमको कारोबार गर्दै आएका पुरुषोत्तम मण्डलले जोगबनीको बजारले प्रभाव पारेपनि व्यापार नकारात्मक अवस्थामा नरहेको बताए । जोगबनीमा नेपालीको भीड लागेपनि भनेजस्तो सामान नपाएको भन्दै विराटनगरमा फर्केर आएको बताए ।
दशैं बजार मात्रै नभई सधैं व्यापारीले उपभोक्तासँग राम्रो व्यवहार गर्नुपर्ने कतिपय व्यापारीको सुझाव समेत रहेको छ । किराना आईटमको कारोबार गर्दै विराटनगर ९ का शंकर साहले गुणस्तर सामान खरिद गर्ने उपभोक्ता जोगबनी जान नमान्ने बताउँछन् । उनले आफ्नो पसलमा वर्षौदेखि सामान खरिद गर्दे आएकाहरु अहिलेपनि आउने गरेको बताए । दशैंले केहि उत्साह जगाएपछि विराटनगरका व्यापारी तिहारका लागि सामान तयारी अवस्थामा राख्न थालेका छन् । तिहारका लागि आवश्यक पर्ने आईटमहरुको जोहो गरेर उनीहरुले तयारी थालेका हुन् ।

तिहार लगतै जाडो यामका कपडाहरु उनीहरुले पसलमा सजाएर राख्ने छन् ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्