नेपाल ओमानसँग ५ रनले पराजित

<span class='c1'>नेपाल ओमानसँग ५</span> <span class='c2'>रनले पराजित</span>

विराटनगर । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलरले सुरुवात देखिनै दबाबमा राख्न सफल भए।

अन्तिम बलमा १५ रन बनाएर खेलिरहेका करण केसी क्याच आउट भए। अविनाश बोहराले १ रन बनाए। नेपालका लागि सन्दीप लामिछाने २ रन, सन्दीप जोरा १२ रन, गुलशन झा ३ रन, कुशल मल्ल १० रन, कप्तान रोहित पौडेल १२ रन, सोमपाल कामी १२ रन, कुशल भुर्तेल २६ रन र आशिफ शेख ५ रन बनाएर आउट भए।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्