कोशी प्रदेशमा सरकार विस्तारको तयारी

<span class='c1'>कोशी प्रदेशमा सरकार</span> <span class='c2'>विस्तारको तयारी</span>

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
आज (शुक्रबार) साँझसम्ममा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मुन्त्रीको सपथ रहेको स्रोतले जनाएको छ ।

‘मुख्यमन्त्री ज्युले मन्त्रीपरिषद विस्तार गर्ने हुनुभएको छ, आज साँझसम्म सपथ ग्रहण पनि हुन्छ,’ ती श्रोतले भने,‘उहाँहरुको आन्तरिक छलफल भइरहेको होला को–को मन्त्री हुने हो भन्ने वषयमा चाहीँ अहिलेसम्म आएको छैन ।’
नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्की लाई गठबन्धन दललाई समाहित गर्ने या एमालेलाई नै लिएर अगाडी बढ्ने भन्ने विषयले सरकार विस्तारमा अन्योल बनेका थिए ।
त्यसो त मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउन आव्हान नै गरेका थिए । उनले एमालेसँग समेत छलफल गरेका थिए । मुख्यमन्त्री मन्त्री निकटका एक नेताका अनुसार मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिएको भएपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएका थिए । पार्टी र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने तयारीमा कार्की पुगेको स्रोतले जनाएको छ ।

सरकार विस्तारको लागि आज अर्थात एमाले र काँग्रेसका नेताहरुको छलफल भएको थियो । छलफलमा पनि सबै दलको सरकार बनाउने प्रस्ताव मुख्यमन्त्री कार्कीले गरेका थिए । तर, एमालेले उक्त प्रस्ताव अस्वीकार गरेको काँग्रेसले जनाएको छ । विगतमा आफैंले सहमतीय सरकारको कुरा गर्ने एमालेले अहिले त्यहि प्रस्ताव अस्वीकार गरेको भएपनि मुख्यमन्त्री भने सहमतीय सरकार बनाउन माओवादी र समाजवादीलाई सरकारमा सामेल गराउने निश्कर्षमा पुगेको काँग्रेस स्रोतको भनाइ छ ।

कोशी प्रदेश सरकारमा माओवादीका गणेश उप्रेती र समाजवादीका कमल प्रसाद जबेगु मन्त्री बन्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्