महिलाको चरित्र हत्या गरेको भन्दै युटुवर मनोज मानव पक्राउ

<span class='c1'>महिलाको चरित्र हत्या गरेको भन्दै</span> <span class='c2'>युटुवर मनोज मानव पक्राउ</span>

काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई गए राति पक्राउ गरेको हो ।

मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्