विराटनगरमा बाजेको सेकुवाले खोल्यो आउटलेट : ननभेज मात्रै नभई भेजिटेरियन सेकुवा समेत उपलब्ध

विराटनगरमा बाजेको सेकुवाले खोल्यो आउटलेट : ननभेज मात्रै नभई भेजिटेरियन सेकुवा समेत उपलब्ध

विराटनगर । बाजेको सेकुवाले चेन रेष्टुरेन्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । ४७ वर्षको पाक उत्कृष्टता र नेपाली बारबेक्यू स्वाद पस्कदै आएको बाजेको सेकुवाले विराटनगरका परिकार पारखीका लागि आउटलेट सञ्चालनमा ल्याएको हो ।

बिहीबार यसका संस्थापक स्वर्गीय दीनानाथ र खिला राजेश्वरी भण्डारीको स्मरण गर्दै आउटलेटको उद्घाटन गरिएको छ । पाक उत्कृष्टताको साथ, बाजेको सेकुवा यसको प्रामाणिक नेपाली बारबेक्यू स्वाद र अन्तर्राष्ट्रिय खानाको लागि प्रसिद्ध छ। यो विराटनगर आउटलेटले अमेरिकामा ‘बाजेको सेकुवा (द हिमालयन ग्रिल’ को सफलताबाट प्रेरित दुवैमध्ये उत्कृष्टलाई संयोजन गर्ने दावी छ ।

विराटनगर आउटलेटले सबै पाहुनाहरूका लागि रमाइलो भोजनको अनुभव सुनिश्चित गर्दै छुट्टाछुट्टै शाकाहारी र मांसाहारी खण्डहरू समावेश गरेको छ । विराटनगर पिपल चोकमा अवस्थित, यसले उज्यालो र आमन्त्रित वातावरणमा पाहुनाहरुको लागि स्वागतसहित परिकार पस्कने बताइएको छ ।
अमेरिकामा समेत आउटलेट सञ्‍चालनमा ल्याइसकेको बाजेको सेकुवा चेन रेस्टुरेन्टले विराटनगर–४ मा पिपल चौक लोकेशनलाई रोजेको छ । कञ्‍चनबारी चोक दक्षिण धरान रोडसँगै रहेको आफ्नै ८० धुर जमिनमा बाजेको सेकुवाको भव्य ओपेनिङ भएको हो । सञ्‍चालक चेतन भण्डारीले विराटनगरमा आफ्नो आउटलेट सञ्चालनमा ल्याउन पाउनुले गौरवान्वित बनाएको बताएका छन् ।

रेस्टुरेन्टका भुईं तला र पहिलो तलामा गरेर १५० जना अटाउने क्षमता रहेको सञ्‍चालकको दावी छ । भुईं तलामा २ वटा फेमिली रुमसहित रेष्टुरेन्टमा क्याफे र आइसक्रिम पार्लर छुट्टाछुट्टै छन्।
आउटलेटमा १५० जनासम्मको बर्थडे पार्टी, म्यारिज एनिभर्सरी र अन्य उत्सव गर्नसक्ने सुविधा रहेको भण्डारीको दावी छ । ५० जनासम्मको सेमिनार, कार्यशाला समेत यहिं हुनसक्ने प्रवन्ध रहेको छ ।

बाजेको सेकुवा नाम दिए पनि रेस्टुरेन्टमा शाकाहारीका लागि छुट्टै किचनको व्यवस्था गरिएको सञ्चालक भण्डारीले जानकारी दिएका छन् । विराटनगरको माग अनुसार किचनमा भेज र ननभेज सेक्सन छुट्टाछुट्टै बनाइएको छ । जसभित्र कुकदेखि भाँडाकुडा, चक्कु र अन्य सामग्री समेत छुट्टाछुट्टै रहने दावी छ ।

बाजेको सेकुवामा ननभेज सेकुवा मात्र नभई भेजिटेरियन सेकुवा पनि पाइने दावी छ । भेजिटेरियन सेक्सनमा पोलेको लसुन, पोलेको प्याज, पालक फ्राईजस्ता थुप्रै शाकाहारी डिसहरू पाईने जानकारी दिइएको छ ।

रेस्टुरेन्टले आफ्नै जमिनमा पार्किङको व्यवस्था गरेको छ। यहाँको पार्किङमा ५० देखि ६० वटा चार चक्के गाडी र ७० देखि ८० वटा मोटरसाइकल अटाउने क्षमता रहेको दावी छ । बाजेको सेकुवाका आउटलेटहरू नेपालमा काठमाडौंबाहिर पोखरा र नुवाकोटमा छन् । जनकपुर, सुर्खेत, नेपालगञ्‍ज र दाङमा आउटलेटका लागि संरचनाको निर्माणकार्य भइरहेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्