कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य

विराटनगर । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्‍लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को‍ बुधबारको बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

निर्णय लगतै मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्रदान गरेका थिए। त्रिभुवन विश्‍वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका आचार्य विराटनगर महानगरपालिका–८ निवासी हुन् ।

उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टीका सभापति हुँदा स्वकीय सचिव थिए । उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । नियुक्त भएसँर्ग उपाध्यक्ष आचार्यले बुधबार नै जिम्मेवारी सम्हालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्