विराटनगरमा बाजेको सेकुवाको आउटलेट उद्घाटनमा उद्योगी भने ‘रेष्टुरेन्ट कल्चर’ प्रशासनले बुझ्नुपर्छ

विराटनगरमा बाजेको सेकुवाको आउटलेट उद्घाटनमा उद्योगी भने ‘रेष्टुरेन्ट कल्चर’ प्रशासनले बुझ्नुपर्छ

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगरमा फस्टाई रहेको रेष्टुरेन्ट कल्चरलाई स्थानीय प्रशासनले बुझ्नु पर्ने माग गरेका छन् । बाजेको सेकुवा चेन रेष्टुरेन्टले विराटनगरमा बिहीबार शुभारम्भ गरेको १९ औं आउटलेटको उद्घाटन गर्दै उद्योगीहरुले स्थानीय प्रशासन उदार हुनुपर्नेमा जोड दिएका हुन् ।

उद्घाटनपछि आफ्ना धारणा राख्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले ७ बजेसम्म उद्योगी–व्यापारी आफ्नै काममा व्यस्त हुने भएकोले त्यसपछि मात्रै रेष्टुरेन्टमा पुगेर परिवारसँग रमाउने समय निस्कने बताए । उनले स्थानीय प्रशासनले राती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिए भारतीयहरुले विराटनगरका रेष्टुरेन्ट भरिभराउ हुने दावी गरे । त्यति मात्रै नभई स्थानीय र आन्तरिक आगन्तुक पाहुनाले आफ्नो रात्रीकालिन समय रेष्टुरेन्टमा मज्जाले गुजार्ने अध्यक्ष सुरानाको बुझाई थियो ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरमा क्रमशः रेष्टुरेन्ट कल्चर विकास हुँदै गएको बताएका थिए । उनले फिल गुड, पिजफायर, तृष्णाले केहि फरकपनसहित विराटनगरवासीलाई आकर्षण दिईरहेको बेला सिंहासन र बाजेको सेकुवाले सेवा विस्तार गरिदिदाँ झन् रोजाई बढेको बताएका थिए । अध्यक्ष रिजालले स्थानीय प्रशासनले नागरिकको सुरक्षा जिम्मा लिनुपर्ने बताउँदै रेष्टुरेन्टहरुलाई रात्रीकालिन सञ्चालनका लागि वातावरण बनाउनु पर्नेमा जोड दिए ।
बाजेको सेकुवाका सञ्चाालक चेतन भण्डारीले विराटनगरमा भईरहेको रेष्टुरेन्टले दिईरहेको सेवालाई थप प्रोत्साहन गर्ने गरि आउटलेट सञ्चालनमा ल्याएको बताएका थिए । उनले स्वादका पारखीका लागि विराटनगरको आउटलेट उदाहरण हुने दावी गरेका छन् ।

४७ वर्षको पाक उत्कृष्टता र नेपाली बारबेक्यू स्वाद पस्कदै आएको बाजेको सेकुवाले विराटनगरका परिकार पारखीका लागि नेपाली बारबेक्यू स्वादमा विभिन्न परिकार उपलब्ध गराउने छ । रेस्टुरेन्टका भुईं तला र पहिलो तलामा गरेर १५० जना अटाउने क्षमता रहेको सञ्‍चालकको दावी छ । भुईं तलामा २ वटा फेमिली रुमसहित रेष्टुरेन्टमा क्याफे र आइसक्रिम पार्लर छुट्टाछुट्टै छन्।

आउटलेटमा १५० जनासम्मको बर्थडे पार्टी, म्यारिज एनिभर्सरी र अन्य उत्सव गर्नसक्ने सुविधा रहेको भण्डारीको दावी छ । ५० जनासम्मको सेमिनार, कार्यशाला समेत यहिं हुनसक्ने प्रवन्ध रहेको छ । बाजेको सेकुवा नाम दिए पनि रेस्टुरेन्टमा शाकाहारीका लागि छुट्टै किचनको व्यवस्था गरिएको छ । विराटनगरको माग अनुसार किचनमा भेज र ननभेज सेक्सन छुट्टाछुट्टै बनाइएको छ । जसभित्र कुकदेखि भाँडाकुडा, चक्कु र अन्य सामग्री समेत छुट्टाछुट्टै रहने दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्