-सविना श्रेष्ठ
हैन काँ हिडेका यी मान्छेहरु?
मेरा अघिपछि लागेर
म बासको डोलिमा बसेर
हेरिरहेको छु।
एकै लस्कर लागेर एकै स्वरले कराउँदै
शंखको बाजा बजाएर
ओरालोमा ताती लागेका छन्।
मेरा बा आमा मलाई बिदा गर्ने बेला
आँसुका धाराले नुहाउँदै
डाको छाडेर ग्वा ग्वा आवाज
निकाल्दै चेत गुमाएका छन्।
म हेरि रहेछु लम्पसार परेर
उफ मलाई काहा लादैछन्
मेरा साथिभाइ सु चिन्तक
आँसुको श्रद्धाञ्जली दिदै
बिदा गर्दै अबिर र फूल चढाएर
बरपिपल चौतारीको टेकना
लगाई लगाई।
दाउराको चितामाथी राखेर
सलाई कोरेर किन?
मलाई तताउँदै छन्।
ताकी म मज्बुद भएर
फेरिपनी त्यो युद्धमा
जित्न सकुँ।