- शरद प्रधानाङ्ग
छातीभित्र सधैं आँधीहुरी चल्छ हिजोआज
खै आगो विना कसरी मुटु जल्छ हिजोआज
सुम्पिएको थिएँ जिन्दगी कोसेली तिमीलाई
ढुङ्गा र पत्थर रहेछ मन बदल्छ हिजोआज
अन्योलको भुमरीमा अल्झिएछुँ आफै देखी
खोली बगरमा हराको तन ढल्छ हिजोआज
क्षितिज कति टाढा रहेछ नयन पुग्न धेरै गाह्रो
परेली छेउछाउ नयन आफै गल्छ हिजोआज
आधा रातमा झ्यालबाट चियाउँछौ तिमी सधैं
डरलाग्दा आकृतिले आँखा छल्छ हिजोआज
आफैदेखी हराएँ छायाँले नी साथ छोडिदियो
मनमा केवल अत्यास मात्र फल्छ हिजोआज।