-शिखा खतिवडा
पुरानो बिरामी छलायो कसैले
मिलेका सिरानी जलायो कसैले
मिलेरै बसेकी थिए मै सहेरै
पुरानो निसानी गलायो कसैले
खरानी बनायौ पियारा मलाई
सरावी नशामा ढलायो कसैले
भरोसा भएरै हिडेकी उजेली
अँधेरी दियो झैँ बलायो कसैले
निदौरो मुहारै हसायौ सुसेली
सुकेकै रुखैमा फलायो कसैले।।