टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

विराटनगर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन पेश भएका छन् । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिदैं रिट निवेदनहरु पेश गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले ६ वटा रिट निवेदनहरु पेश भईसकेको बताएका छन् । निवेदन सरसर्ती पढेर रुजु गर्ने प्रक्रियामा रहेको बताएका छन् । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् ।
टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्