कोशी प्रदेश : स्वास्थ्यमन्त्री नहुँदा सरकारले दिएको सुविधा पाउनबाट जनता बन्चित छन्

<span class='c1'>कोशी प्रदेश : स्वास्थ्यमन्त्री नहुँदा सरकारले</span> <span class='c2'>दिएको सुविधा पाउनबाट जनता बन्चित छन्</span>

विराटनगर । राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले कोशी प्रदेश सरकारको स्वस्थ्यमन्त्री नहुँदा सरकारबाट जनताले पाउने सुविधा पाउनबाट बन्चित भएको बताएका छन् । उनले कोशी प्रदेशसभाको बैठकको शुन्य समयमा बोल्दै कडा खालको बिरामीलाई सरकारले सहयोगको रुपमा दिएको एकलाख पैसा स्वास्थ्यमन्त्री नभएका कारण बिरामीहरु बिचल्लित भएको बताए का हुन् ।

उनले भने,‘सरकारले लिएको स्वास्थ्य सहयोग एकलाखाको उदाहरणिय रहेको त्यो पैसा केहीलाई दिएको केहीलाई दिन बाँकी छ , स्वास्थ्यमन्त्री नभएका कारणले बिरामीहरु बिचलित भएका छन् ।’ उनले अभिलम्ब स्वास्थ्य मन्त्री नियुक्त गर्नुपर्नेमा समेत जोड दिए ।

स्वास्थ्यमा धेरै खेलवाड भइरहेको बताउदै उनले प्रादेशिकदेखि जिल्ला अस्पतालहरुमा अवलोकन निरिक्षण टोली तोकिन जरुरी रहेको बताए ।
‘जनताले सेवासुविधा पूर्ण ढंगले उपचार पाएको छ, छैन संसदी टोली नै तयार पारियोस्’ उनले भने,‘ जनतालाई राहत हुन्छ ।’

जाजरकोटका भुकम्प पिडितको पनि स्वास्थमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले इलाममा घाइते भएकाहरुको समेत प्रदेश सरकारले उपचारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्