‘कानुनले प्रहरी अधिकृतलाई पनि छोड्दैन’

‘कानुनले प्रहरी अधिकृतलाई पनि छोड्दैन’

विराटनगर । गल्ति गरे प्रहरी अधिकृतले पनि सजाय भोग्न तयार हुनुपर्छ । हुन त घटना जानेर गरिँदैन अन्जानमा भएको गल्तिले पनि कहिलेकाँही सजायको कठघेरामा उभिन बाध्य बनाइदिन्छ ।

कात्तिक २४ गते राति करिब ९ बजे नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल सवार गाडी र मोटर साइकल एकआपसमा ठोकिदा मोटरसाइकलमा सवार १८ वर्षीय अनिल माडीको मृत्यु भयो । दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र १० प १६६९ नम्बरको मोटरसाइकल पूर्व—पश्चिम राजमार्गको कन्काई नगरपालिका ८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा माडीको मृत्यु भएको थियो ।

घटनापछि पक्राउ परेको प्रहरी उपरीक्षक दाहाल ११ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परेको गाडी एसपी दाहालले चलाएका थिए । दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका- ६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया सामान्य घाइते भएका थिए । मोटरसाइकलमा सवार १८ वर्षीय पुजन राजवंशी र १८ वर्षीय अनिल मडी गम्भीर घाइते भएका थिए । मडीलाई अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्