विराटनगर । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा रातिको समयमा महिलाहरुको समूहलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा सुनिए अनुसार युवाहरुले भनेका छन्,‘तपाईहरु सात गतेको कार्यक्रमा आएको होइन रु तपाईहरु उठिहाल्नु त , तपाईहरु सात गतेको कार्यक्रमा आउनुभएको रहेछ लु छिटोछिटो गर्नुस त ।’महिलाहरुले भने आफूहरुलाई लुगा लगाउन दिनु भन्दै आग्रह गरेका छन् ।
भिडियो अनुसार ति मिहलाहरु इटहरीबाट काठमाडौँ पुगेका र उनीहरुलाई गाडी चढाएर इटहरी नै फर्काइदिने कुरा समेत भिडियोमा सुनिन्छ ।
युवा संघले यस्तो काम नगरेको दाबी गरिरहेका भएपनि सो कार्य युवा संघका सचिवालय सदस्य खोटाङका विनोद राईले गरे पुष्टि भएको छ । मध्यरातमा लोकन्तलीसिथ्त ईन्द्रसन पार्टी प्यालेस भित्र पसेर महिलाहरुलई दुव्र्यवहार गरेको विषयले यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।