धनकुटाको निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला

धनकुटाको निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला

धनकुटा ,मङ्सिर ७ ,

धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ।

टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

६ वर्षकी छोरी आशिका भने सकुशल छिन् । उनलाई बाबू टीकाले राति नै छिमेकीको घरमा पुर्‍याएपछि घटना गराएको देखिएको प्रहरीको भनाइ छ। घटनास्थलमा अहिले प्रहरीले घटनाको मुचुल्का उठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्