डिजिटल कारोबारसँगै मोरङमा मौलाउदै ठगी

डिजिटल कारोबारसँगै मोरङमा मौलाउदै ठगी

विराटनगर । पछिल्लो समय प्रविधिको विकासले जसरी फड्को मारेको छ ठगीको स्वरुप पनि त्यसैगरी बदलिएको छ । प्रविधिको माध्यमबाट ठूलो रकमको चिट्ठा परेको जानकारी गराउँदै सर्वसाधारणको बैँक खाता माग्ने साथै डबल पैसा हुन्छ भन्दै पैसा हाल्न लगाएर ठगी गर्ने प्रवृत्ति बढ्दो रुपमा देखिएको छ ।

प्रविधिको पहुच बढ्दै गएपनि व्याङकिङ कारोबार साथै गोपनीयता जस्ता संवेदनशील विषयमा कतिपय नागरिक जानकार नहँदा पनि डिजिटलको माध्यमबाट ठगीको संख्या बढ्दै गएको सम्बन्धित निकायका अधिकारीहरु बताउछन् ।

चिट्ठा परेको भन्दै सर्वसाधरणहरुको गोप्य विवरणहरु प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरु धेरै भएको उनीहरुको भनाई छ । मोरङ जिल्लामा धेरै जस्तो ठगीको उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रवक्ता डिएसपी रन्जनकुमार दाहाल बताउछन् । आर्थिक वर्ष २०८०/०८१ मा ६६ वटा ठगीको मुद्दा परेको उनको भनाई छ । ठगीको विषय फरक फरक रहेको समेत उनले बताए ।

यस्तो छ मुद्दाहरु

नागरिकलाई पारसल पठाएको भनी ठगी गरेका छन् । जुन मुद्दा जिल्ला प्रहरी कार्यालय मोरङमा ३३ वटा परेका छन् । खाता ह्याक गरेर ठगी गरेको मुद्दा ६ वटा छन् । आईफोन गिफ्ट परेको छ भनी ठगी गरेको १२ वटा मुद्दा दर्ता भएका छन् ।
फेसबुक ह्याग गरेर ठगी गरेको ४ वटा मुद्दा, अनलाईनबाट सामान माग गरी सामान नपठाएको ७ मुद्दा प्रहरी समक्ष परेको डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार ओ.टि.पि माग गरी ठगी गरेको १ मुद्दा , डवल पैसा हुन्छ भनी पैसा हाल्न लगएको ३ मुद्दा दर्ता भएको छ ।

यी सम्पूर्ण डिजिटल प्रविधिको प्रयोगले ठगी भएको दाहालको भनाई छ । ‘पारसल पठाएको भनी ठगी गर्नेले विदेशबाट पारसल आएको भनी नेपालसम्म ल्याउदा लाग्ने कर सामान जसको नाममा छ उसले पहिले नै पैसा बैक खातामा पठाइदिनु पर्छ भनी माग्ने र पैसा पठाएको केहि समय पछि नै ठगी गर्ने व्यक्ति सम्पर्क बिहिन हुने गरेका छन् ।’ उनले भने। उल्लेखित तथ्याङ्क आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि कात्तिक महिनासम्मको हो ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्