दुर्गमको विद्यालय जहाँका विद्यार्थी ‘जंगफुड’ देखि टाढा छन्

दुर्गमको विद्यालय जहाँका विद्यार्थी ‘जंगफुड’ देखि टाढा छन्

सुजता लिम्बू
विराटनगर । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीदेखि झण्डै करिब ४० किलोमिटरको दरीमा पर्छ मकालु गाँउपालिका-२ लिम्दुम्सा । सदरमुकामबाट दुरदराजमा रहेको लिम्दुम्सामा कक्षा १ देखि ५ सम्म मात्रै पढाई हुने हिमाल दर्शन आधारभूत विद्यालय छ ।

सदरमुकामदेखि गाडीमा यात्रा गरेर नुम बजारसम्म ४ घण्टामा पुगेपछि झण्डै एकदिन पैदल हिँडेर सो स्थान पुग्न सकिन्छ । विकासका पूर्वाधारबाट टाढा रहको सो क्षेत्रका बालबालिका आधारभूत विद्यालयको पढाई पुरा गरिसकेपछि माध्यमिक तहको शिक्षा हासिल गर्न मकालु गाँउपालि कै सिदुवा पुग्नुपर्ने अवस्था रहेको हिमाल दर्शन आधारभूत विद्यालयको प्रधानध्यापक कमलराज कुलुङ बताउछन् । ‘एकदम विकट क्षेत्र हो यो, यहाँको विद्यार्थीहरु कक्षा ५ सम्मको अध्ययन सकेपछि थप पढ्नका लागि तीन घण्टाको पैदल हिँडेर सिदुवा पुग्नुपर्छ,’ उनले भने,‘पैदल हिँडेर सम्भव हुँदैन उतै डेरा बसेर पढ्ने गर्छन् ।’ गाँउको शैक्षिक स्थिति सोँचे जस्तो प्रशंसनीय नरहेको बताउदै उनले अभिभावकको पनि चेतना स्तरमा केही कमी कमजोरी रहेको बताए ।

उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक धेरैले विद्यालय छोड्ने समेत गरेका छन् । विगतको तुलनामा अहिले पढ्नुपर्छ भन्ने सोँचले गर्दा पनि विद्यार्थीसँख्या बढेको उनको भनाई छ । अहिले आधार विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या ५९ जना पुगेको छ । जसमध्ये ३५ जना छात्रा र २४ जना छात्र रहेका छन् ।

दिवा खाजाका लागि टिफिन अनिवार्य

पसलमा पाइने विष्कुट, चाउचाउ खरिद गर्न असम्भव भएकाले विद्यार्थीहरुले स्थानीयस्तरमा उत्पादन भएको खानेकुरा नै खाजाको रुपमा खाने गरेका छन् । खाजाका लागि व्यवस्थित बनाउने विद्यालयले अभिभावकलाई टिफिन किन्न आग्रह गरेपछि विद्यार्थीहरु टिफिनमा घरैबाट दिवा खाजा ल्याउने गरेको प्रधानध्यापक कुलुङले बताए ।

केही समय अगाडि विद्यालयमा क्यान्टिनबाट दिवा खाजाको व्यवस्था गरेको भएपनि अहिले दिवा खाजाका लागि आउने रकम विद्यार्थीको अभिभावकलाई दिएर घरैबाट खाजा पठाउने व्यवस्था गरिएको उनको भनाई थियो । ‘दिवा खाजा घरबाबट नै ल्याउने व्यवस्था मिलाएका छौँ, केही समय स्कुलको क्यान्टिनबाट विद्यार्थीहरुलाई दिवा खाजा दिएका थियौँ। तर अहिले प्रत्येक अभिभावकलाई टिफिन किन्न लगाएका छौँ, तातो रहने टिफिन,’ उनले भने,‘दिवा खाजाबाट आउने पैसाले नै व्यवस्थापन गर्ने गरेका छौ।’ भने जस्तो खाजा पाउन गाह्रो रहेको र पसलहरु छाटा भएकाले पनि टाढो छ त्यही उत्पादन हुने खानेकुरा विद्यार्थीहरुले खाने गरेका छन् । त्यसो त आफ्नै घरबारीमा उत्पादन भएकाले स्वास्थ्यका लागि लाभदायक पनि रहेको उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्