दुहबीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

<span class='c1'>दुहबीबाट ब्राउन सुगरसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

सुनसरी । सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राती ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एई ६०७५ को नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत जोगबनीका २७ बर्षीय सोनु कुमार चौधरीले लगाएको मोटरसाईकलको हेलमेट भित्र लुकाई राखेको अवस्थामा ७० ग्राम ५ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो ।

मोटरसाईकलको हेलमेटबाट ब्राउन सुगर बरामद भए संगै मोटरसाईकल चालक र पछाडि सवार रहेका भारत जोगबनीका बलबिर राम समेत दुबै जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्