- देवेन्द्र शाही दर्पण
जलाउन आएको छ मेरै बाटोबाट
पानी हुँ डराएको छैन आगोबाट
अमिलो वचन सहन्छु मुख बिग्रारेरै,
मन मारिसकेको छु गुलियोबाट
ठूली घरखेत यसै सकेकोछ छोराले,
के मन राख्नु जोगीयो भनेर पहिरोबाट
जानेहरू गए हुन्छ फरक पर्दैन यस्तै हो,
चामल रहन्छन् बियाॅ छुट्टिन्छन सुपोबाट
म, एक त्यही रहरको जुनकिरी हुँ,
खुशीहरू खोसिन्छन् उज्यालोबाट