- रिकेश निरौला
हरेक दिन आउने याे चौबीस घण्टाको अमुल्य समय तिमी साथमा हुँदा एक पल जस्तो मात्र लाग्थीयो। यी आज सपना जस्ता दिनहरु तिम्रो सम्झनामा मात्रै बित्ने गर्थियाे। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्थ्यो, म तिमीलाई त्यहाँसम्म देख्ने गर्थे तर तिमीले आज अर्कैको नामको सिन्दुरमा सजिएर हिढ्यौ। सायद आज पनि तिमी मेरो साथमा भएको भए यो सारा दुनियाँको अगाडि म दाबा गरेर भन्न सक्थे 'मुना मदन', 'सीता राम','रोगियो-जुलेट' जस्ता नमुना जोडीको नाम लिने समाजले आज तिम्रो र मेरो नाम लिने थियो। हो, साँच्चै आज तिमी म सँगै भएको भए म कति खुसी हुदै आफूले आफैँलाई सौभाग्य साली ठगन्थे होला। अझै पनि यो सबैको सामु म निर्धक्क साथ भन्दैछु - 'मेरो नामको फेसबुक र वाट्सएप तिम्रो नामको पासवर्ड नहाली चल्दैन। तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा मेरा कयौं रातहरू अनिधाेमै आँशुका बलिन्द्र धाराहरू बहाउँदै बित्याे।
तिमीसँग बिताएको त्यो अमूल्य क्षणकाे कहानिहरु मेरो हृदयाे पाना पानामा स्वर्णिम अक्षरले कहिल्यै नमेटिने गरी लेखेको थिए। तिमी मेरो लागि त्यस्तो व्यक्ति थियाै जसलाई म तस्बिरमा उतार्न सक्दीन । तिमी त्यो भाव थियौ, जस्लाई कालो मसीले सेतो पानाको कापीमा कदापी लेख्न सक्दीन थिए। तर तिमी आज अर्कैकाे भयाैं, अरुकै संसारमा मलाई दिएका झुटा बाचा कसमहरु सहजै बिर्सेर रमाइ रहेकी छौँ। आज खोइ कसरी के भनौं तिमीलाई, वास्तवमा भन्नु पर्दा एउटा अनौठो जिन्दगीको अनौठो यात्रामा दौडिरहेको छु म। यि शब्दहरू लेखिरहदा मेरा हातहरू थर थर काँपिरहेका छन्, मुटुको धड्कन बेजोडसँग धड्की रहेको छ। अनि मन मष्तिस्कमा भावुकता,अन्यौलता र विवशताले सताइरहेको छ । म पागल सरि तिमीलाई अधभुत माया गरिरहे, सायद तिम्रो मायामा पागल नै भएकाे थिए होला। त्यसैले भुलेछु, "आफूलाईभन्दा धेरै माया र विश्वास अरु कसैलाई नगर्नु" भनेर मेरी आमाले हरबखत मलाई अर्ती दिदा भनेको कुरा । अब त मलाई तिम्रो जिन्दगीको लागि साेच्ने अधिकार पनी छैन। तिमी पराई भइसकेकी छौ, अर्कै संसारमा रमाउन थाली सकेकी छाै । याे पत्रमा केवल हाम्रो माया प्रेमको अवस्थालाई पछाडि रफर्केर हेर्ने कोशीस मात्र गरेको छु।
तिम्रो वियोगमा आज मैले रोदनका भेल बगाउँदै गर्दा, तिमीले आफ्नो हाँसोको मूल फुटाएकी छौ। त्यसैले तिमी यति धेरै खुसी भएको देखेर, म पनि आज आफ्नो आँशुका थोपाहरुलाई सम्हाल्दै मस्कुराउन बाध्य भएको छु। आफू सधैं खुसी रम्नु रमाउनु, हाँस्नु हँसाउनु,नाच्नु नचाउनू, सुन्नू सुनाउनु, बाँच्नू बचाउनू । यो दुई दिनको सुन्दर जिवनलाई सधै फूलैफूलको बैंगचामा फूलाउनु है, मेरो सारा खुमीका पलहरू पनी तिम्रै जिवनमा जाओस। यही छ मेरो लाखाै लाख शुभकामना, अरू थाेकत म केनै दिन सक्छुर तिमीलाई। मैले तिम्रो जिवनमा जानि नजानी केही दु:ख, पिडा दिएको थिए भने, आज दश औला जोडी हृदय देखि नै क्षमा चाहान्छु । अब तिमीलाई पिडा त के तिम्रो छाया पर्ने ठाउँमा समेत रहने छैन केवल तिम्रो भलाई र खुसीका लागी। तिम्रो सफलता भनेकै मेरो सफलता ठानेको छु मैले । म गरिब, अशिक्षित, कुरूप अनी बेसाहारा तिमी सँग सातै जूनी अब भेट हुने छैन तिम्रो उज्ज्वल भविष्यका लागि ।
हावाले बहँदैन भनेर सुख कहाँ पाउँछ र ? हो, यस्तै भयाै तिमी पनि मेरो लागि। तिम्रो अनुहार मन-मस्तिष्कबाट हटाऊँ भन्दा पनि मस्तिष्कको रिसाइकलविनमा गएर बस्छ, अनि मलाई बेला बेलामा झस्काउने गर्छ। तिमी सँग बिताएको मिठा पलहरु धेरै भएपनि कुनै एक तितो पनले मेरो जिन्दगीनै नमिठो, उराठलाग्दो बनाई दियो। आज कमरी म विश्वास गरौ तिमीलाई, तिमीले मलाई आफ्नो जिन्दगीको एउटा पाटो ठानेको थियौ भनेर। अब म कसरी मान्नु कि तिमीले मलाई त्यतिबेला चोखो माया गरेको थियौ भनेर। फिल्मको कथामा शहर बाट आएको हिरोले गाँउको साेझि राम्री केटीलाई चाेखाे माया गरेको नाटक गर्छ अनि पछि केहिसमय छोडिदिन्छ, हो। त्यस्तै गरिदियौ तिमीले पनि मलाई। फिल्मि सैलिमा शहर बाट आयाै म सँग माया लायाैं अनि कहिल्यै फर्केर नआउने गरी सदाको लागी गयौं । तिमीले मेरो जिन्दगी बर्बाद गर्न कुनै कसर बाँकी नछाेड्दा पनि अझै तिम्रो यादगा तड्पिन्छ यो मन । जुन समयले तिमि संग परिचय गरायो, त्यही समयले आज तिमीलाई बिर्सन बाध्य बनाउदै छ। केवल बिछोडको पिडा र रोदन ले सताएको छ, आँशु नै जीवनको साथि बनाई बाच्न बिवस भएको छु।
म जुन बनेर तिमीलाई हरेकपल शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्छे, अनी तिम्रो अजम्बरी मायामा सदा माछा झै पौडिन चाहन्थे। तिमी संगै जिवनको हजाराै माइलको यात्त्रा तय गर्न चाहान्थे। सगरमाथाको शिखरमा हाम्रो प्रेम कहानी लेख्न चाहन्थे। विछोडमा तुड्पेका कयौं प्रेमी-प्रेमीका हरुलाइ मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी चाहाना हरू म्रित सागरको दलदलमा फसे अनी काचको गिलास सरी फुटे, म जतिसुकै कात्तर र कुरूप भए पनि हाम्रो मायाकाे हिरो बन्न चाहन्थे तर आज तिम्रो तिरस्कारमा निहित बनेर जीवन र मृत्युको दोसाधमा पानी बिनाको माछा जमरी छट्पटाइ रहेको छु। आज सम्म पनि म तिमी प्रती कती समर्पित छु हिजो भन्दा कयौं गुणा। तर पनी के गर्नु समय म भन्दा धेरै अगाडी गइसकेको छ, बस अब त विगतको मिठो स्मृतीहरूले अध्याँरो भविष्य सजाउनु सिवाय केही छैन मेरा लागी। आज म कहिल्यै ननिभ्ने आगलागीकाे भुङ्ग्रोमा परेर जलिरहेकाे छु। अनि उम्किनै नसक्ने गरि अमेजनकाे जङ्गलकाे बीचमा जेलिएको छु । तिमीले दिएको अमुल्य पिडाकाे काेशेली याे हाम्रो मायाप्रीतिका बारेमा जाति लेखे पनि म आज अनभिज्ञ भएको छु।
सुविन भट्टराईले लेखेको किताब 'समर लव'मा भनिए जस्तै राेएर मन हलुको हुने भए यो संसार, धेरै अधि नै आँशु नै आँशको सागरमा डुबिसक्किथ्याे होला। तिमीलाई भुल्न हजार कोशीस गरे, मोबाइलको ग्यालेरीमा भएक हामी दुईको सबै फोटाहरू डिलिट गरे, तिम्रो फोन नम्बर, पनि डिलिट गरे। त्यति मात्र होइन म्यासेन्जरमा तिमीसँग गरेका प्रतेक म्यासेजहरू डिलिट गर्दै तिमीलाई भुल्ने कोशीस गर्दै छु। तिमी जती नै टाढा भएर मलाई धोका दिएपनि तिम्रो बाकी जीवन सधै सुन्दर र पवित्रहोस् भन्ने कामना राष्ट्र देव भगवान पशुपतिनाथसँग गर्छु। तिम्रो वियोगमा हिढ्दै गर्दा कतै ढलेछु भने मेराे लास माथि श्रद्धाञ्जली स्वरूप एक थुँगा फुल चढाइदेउ है माया,सिर्फ एक थुँगा फुल मात्र।