रतुवामाईबाट सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा ५ जना पक्राउ

<span class='c1'>रतुवामाईबाट सरकारी छाप र दस्तखत किर्ते</span> <span class='c2'>गरेको आरोपमा ५ जना पक्राउ</span>

विराटनगर । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

कात्त २ गते वारदात घटाई फरार रहेका ५ जनालाई मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कात्तिक १६ गते जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भईरहेकोमा मंसिर ९ गते बिहान उनीहरुलाई घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई ४ का ५६ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीय झरिया देवि राजवंशी, ६३ वर्षिय विष्णु राजवंशी,६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्