कार्यालय नपसी वडाको सिफारिस, पाँचजना पक्राउ

कार्यालय नपसी वडाको सिफारिस, पाँचजना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–३ मा सेवाग्राहीले वडा अध्यक्षको किर्ते हस्ताक्षर गरेर घर बाटो सिफारिस बनाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वडााबाट लिनुपर्ने सिफारिसका लागि कार्यालयमै नपसी उनीहरुले सरकारी छाप किर्ते गरेको आरोप लागेको हो ।

जग्गा किनबेचका लागि रंगेली मालपोत कार्यालयमा कागजात बनाएर लिएर आएका उनीहरुमाथि मालपोत कार्यालयका कर्मचारी शंका गरेका थिए । मालपोत कार्यालयबाट रतुवामाई–३ का वडाअध्यक्ष देवीलाल ताजपुरिया फोन सम्पर्क गरेर बोलाएपछि घटना बाहिर आएको छ । ताजपुरियाको हस्ताक्षर, सरकारी छाप किर्ते भेटिएपछि उनले नै प्रहरीमा जाहेरी दिएका हुन् ।
प्रहरीले रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजबंशी, ६२ वर्षका झरिया देवी राजबंशी, ६३ वर्षका पैखन लाल राजबंशी र ६४ वर्षका कन्हारु लाल केवरतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

यस्तो थियो घटना ?
उनीहरु जग्गा बिक्री गर्ने तयारीमा थिए । जसका लागि सिफारिस लिनका लागि कात्र्तिक २ गते किर्ते हस्ताक्षर र सरकारी छाप प्रयोग गरे । सिफारिसका लागि प्रयोग भएको कागज समेत नक्कली भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार वडा कार्यालय प्रवेश नै नगरी बाहिरबाट नै सम्पूर्ण कागज, हस्ताक्षर र छाप किर्ते रहेको र जग्गा पास गराउन रंगेली मालपोत कार्यालय पुगेका थिए । वडाले दिएको सिफारिसमा अध्यक्षको हस्ताक्षरमा मालपोत कार्यालयका कर्मचारीलाई शंका लागेपछि कार्यालयबाट प्रहरीलाई खबर गरिएको थियो । कार्यलयमा वडाअध्यक्षलाई समेत बोलाएपपछि चलानी नम्बर पनि रेकर्ड नभएको पत्र बनाएर किर्ते कागजपत्र ल्याएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

किर्ते सही, छाप र चलानी नम्बर रेकर्ड नभएको दर्ता फेलापरेपछि वडाअध्क्षले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी दाहालले जानकारी दिए ।
‘जग्गा विक्रि गर्नुको लागि सिफारिस बनाउनुपर्दो रहेछ पत्र, त्यो वडाबाट बनाउनुपर्ने आफै सिफारिस बनायो, नक्कली सिफारिस छाप पनि आफै हान्यो, चलानी पनि आफै ग्यो, वडाध्यक्षको सही पनि आफै गर्यो,’ उनले भने,मालपोतलाई शंका भयो त्यसपछि प्रहरीले अनुसन्धान गर्यो । प्रहरीको अनुसन्धानमा उनीहरुले आफै बनाएको भन्ने पुष्टि भएपनि उनीहरु पक्राउ गरेको हो ।’

उनीहरु विरुद्ध जाहेरी परेपछि कार्तिक १६ गते मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भई रहेको थियो । तर, मंगलबार ९ गते रतुवामाई नगरपालिका वडा नं। ४ झुर्कियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार पक्राउ परेका उनीहरुको अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्